आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारले साढे तीन लाख खर्च गर्न पाउने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय दाङले आयोजना गरेको अभिमुखीकरणमा सो जानकारी दिइएको हो ।
कर्मचारी मिलन केन्द्र घोराहीमा प्रदेश ५ को चुनाव हुँदैछ । निर्वाचनका लागि फरक फरक मतपत्रको ब्यवस्था गरिएको छ ।
प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै रङका मतपत्रको ब्यवस्था गरिएको छ । प्रदेशसभा सदस्यहरुले सेतो पृष्ठभूमिमा हरियो रङमा छापिएका मतपत्र पाउनेछन् भने नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षले सेतो पृष्ठभूमिमा रातो रङमा छापिएका मतपत्रमा मतदान गर्नेछन् ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले बिषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।