अध्ययन समूह, दाङले प्रत्येक महिनाको पहिलो सनिबार गर्दै आएको नियमित कार्यक्रम अन्तर्गत माघ ४ को शनिबार “फासिवाद के हो ?” शीर्षक अन्तर्गत छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विषय प्रस्तुत गर्दै कम्युनिष्ट आउटलुकका अभियन्ता राजेन्द्र खरेलले फासिवादका ऐतिहासिक पक्षहरुको चर्चा गर्दै जर्मनी, इटली हुँदै भारतमा कसरी फासिवादको अभ्यास भैरहेको छ भन्ने कुराको चर्चा गर्नुभयो ।
साथै वहाँले इतिहासको निर्माता जनता हुन् भन्ने मान्यताको विपरित सत्ता र शक्ति सम्पन्न सुपरम्यानहरुलाई केन्द्रमा राख्नु र काल्पनिक सत्रु खडा गर्दै अल्पसंख्यकहरुलाई दमन गर्नु फासिवादको विशेषता भएको बताउनुभयो ।
त्यसैगरि संस्थाका संयोजक प्रमोद धितालले सामाजिक, आर्थिक र राजनीतिक सवालहरुको बारेमा बस्तुनिष्ठ जानकारी हाँसिल गर्दै मानव जीवनको निर्णायक पक्ष दार्शनिक समस्याको समाधान गर्ने उदेश्य अध्ययन समूहको स्थापना भएकोले उदेश्यमूलक अध्ययनमा युवाहरु केन्द्रित हुनुपर्ने बताउनुभयो ।
त्यसैगरि कार्यक्रममा नेल्टा का केन्द्रिय सदस्य ढुण्डिराज गिरीले मानव जीवनको उदेश्य तय गर्नको लागि अध्ययनको विकल्प नभएको बताउँनुभयो । नेल्टाका जिल्ला सचिव दामोदर गिरीले सैद्धान्तिक दार्शनिक अध्ययनलाई पुस्तक हुँदै सामाजिक अन्तक्र्रियासँग जोड्ने कार्यक्रमले आफूलार्य उत्साहित बनाएको बताउनुभयो ।
कार्यक्रममा श्रवण गोरथोकी, नवीन श्रेष्ठ, तिर्थराज चौधरी, दिपेश ढकाल, लक्ष्मी न्यौपाने, शारदा न्यौपाने, प्रतिभा पोखरेल, अंशु नेपाली, रमा नेपाली र मिलन खड्काले बहसमा भाग लिनुभयो । कार्यक्रमको सहजिकरण अध्ययन समूह घोराहीका संयोजक वसन्त रिजालले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।