• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माडी–दाङ डाइभर्सनको अध्ययन यसै बर्षदेखिः उर्जामन्त्री पुन





उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन ‘अनन्त’ले माडी–दाङ डाइभर्सनको अध्ययन चाँडै शुरु हुने बताउनुभएको छ ।


मगर भाषा, साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा घोराहीमा भएको मगरात सांस्कृतिक भेषभूषा प्रतियोगिताको समापनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।


माडी होइड्रोलाई माडी–दाङ डाइभर्सनसँग जोड्न खोजिएको भन्दै उहाँले २३ किलोमिटर सुरुङमार्फत दाङमा माडीको पानी झारेर ५६ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा पु¥याइने बताउनुभयो । यो बर्ष दाङसहित ४० जिल्लामा पूर्णविद्युतीकरण गरिने भन्दै उर्जामन्त्री पुनले अब दाङका कोही घर पनि अँध्यारोमा बस्नुनपर्ने बताउनुभयो ।


मन्त्री पुनले देशलाई समृद्धिको दिशामा अघि बढाउन भौतिक र मानवीय पूर्वाधार विकासलाई सँगसँगै बढाउनुपर्ने उहाँले बताउनुभयो ।

हरेक समुदायको भाषा संस्कृति पहिचान भएको र पहिचान नै राष्ट्रियता भएको स्पष्ट गर्दै उहाँले आफू बसेको थाँतथलो छाडेकाहरुलाई अझ बढी पहिचानप्रति अपनत्वको भावना बढ्ने बताउनुभयो । हरेक समुदायको पहिचान आफैमा राष्ट्रियता भएको र सबै जातजातिको अन्तर्घुलनबाट नयाँ राष्ट्रियता बन्ने परिकल्पना अहिलेको संविधानले गरेको पनि मन्त्री पुनले स्पष्ट गर्नुभयो ।


बिशिष्ठ अतिथि प्रदेशसभा सदस्य बसन्त घर्ती मगरले मगरात जाति नभए सभ्यता र भूगोल भएको स्पष्ट गर्नुभयो । आफूहरुले मगरात स्वायत्त गणराज्यको माग राखे पनि अहिले संभव नदेखिएको भन्दै यही संविधानमै टेकेर मगरात स्वशासनको अभ्यास भने गर्न सकिने र त्यसका लागि राज्यले योजना बनाउनुपर्ने बताउनुभयो ।

Facebook Comments