नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का स्थायी समिति सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ प्रदेश ५ को राजधानी र नाम सचिवालयबाट नतोक्न नेकपा अध्यक्षद्वयलाई ध्यानाकर्षण गगराउनुभएको छ ।
उहाँले प्रदेश ३ को नाम र राजधानी नेकपाको सचिवालय बैठकबाट तोकिनु गलत भएकोसमेत बताउनुभयो ।
प्रेस संगठन नेपाल रोल्पा शाखाले शुक्रबार लिबाङमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले प्रदेश ५ को राजधानी र नामको बारेमा प्रदेशसभामा वृहत् छलफल भएर निर्णय हुनुपर्ने बताउनुभयो ।
‘प्रदेश ३ को नाम र राजधानीको हाम्रो पार्टीको सचिवालयले टुङ्ग्याएर राम्रो गरेन, मैले यो निर्णय सुनेपछि अध्यक्षलाई प्रदेश ५ को बारेमा यसो नगर्नुस् भनेको छु र गर्नु पनि हुँदैन ।’
संविधानबमोजिम प्रदेशसभाले छलफल गरेर प्रदेशको राजधानी र नाम टुङ्ग्याउनुपर्ने उहाँले बताउनुभयो । प्रदेशले टुङ्ग्याउन नसकेमात्रै शीर्ष नेताले सुझाव दिनसक्ने उल्लेख गर्दै उहाँले निर्णय नै गरेर निर्देशन दिनु संघीयताको मर्मअनुरुप नहुने बताउनुभयो ।
उहाँले प्रतिनिधिसभाको सभामुखको निर्वाचन राष्ट्रियसभा निर्वाचनपछि मात्रै हुने पनि बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।