अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति घोराही १८ ले आफ्ना कार्यालय सहयोगी (चौकीदार) कालुराम रावतको निधनमा दुःख व्यक्त गर्दै सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गरेको छ ।
समितिका अध्यक्ष बिष्णुप्रसाद भट्टराइसहित कार्य समितिका पदाधिकारी र सदस्यहरु घरमै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो । १३ औं दिनको पुण्यतिथिमा सहयोग हस्तान्तरण गरिएको हो । रावतको ५६ बर्षको उमेरमा निधन भएको थियो ।
सहयोग हस्तान्तरण गर्दै समितिका खानेपानी समितिका अध्यक्ष भट्टराइले आफ्नो परिवारका सदस्यको निधन हुँदा कर्मचारीको थोरै भए पनि सम्मान होस् र परिवारलाई राहत होस् भनेर सहयोग गरेको बताउनुभयो ।
उहाँले परिवारका सदस्यले काम गर्न चाहे सो पदमा परिवारकै सदस्यलाई राखिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
बुराँशे गाउँ
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।