गोल्डेनगेट इन्टरनेशनल कलेज काठमाडौंका स्नातक तहका विद्यार्थी प्रयोगात्मक कक्षाअन्तर्गत अध्ययन गर्न दाङ आएका छन् ।
उनीहरुले तुलसीपुर उपमहानगरपालिको गतिबिधि र गिद्ध संरक्षण अभियानबारे जानकारी लिएका छन् । विद्यार्थीलाई तुलसिपुरमा स्थानिय सरकारकले गरेका कामको बारेमा कार्यपालिका सदस्य देवराज विश्वकर्माले जानकारी गराउनुभएको थियो ।
त्यस्तै जैबिक बिबिधता, गिद्ध रेष्टुरेण्ट र गिद्धको बारेमा पर्याबरणीय दिगो विकास एबं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले प्रशिक्षण दिनुभयको थियो ।
टोलीमा ६० जना विद्यार्थी र शिक्षक सहभागी थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।