• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाका जिल्ला सदस्य पाण्डे गिरफ्तार, दाङका बिकले रोल्पामा पार्टी छाडे





विप्लव नेतृत्वको नेकपा दाङका सदस्य इश्वरी पाण्डे पश्चिम दाङबाट गिरफ्तार हुनुभएको छ । उहाँलाई एम्बुलेन्स चढेर सादा पोशाकमा गएको प्रहीले पक्राउ गरेको हो । तुलसीपुर ९ शिवनगरबाट उहाँ पक्राउ परेको नेकपास्रोतले जनाएको छ ।


त्यस्तै दाङका दलित नेता भीमबहादुर विश्वकर्माले रोल्पामा पार्टी परित्याग गर्नुभएको छ । दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य विश्वकर्माले पार्टी परित्यागको घोषणा गरेको प्रहरीले जनाएको छ।

घोराही उपमहानगरपालिका वडा नंम्बर १२ बेलभारका विश्कर्मालाई प्रहरीले पक्राउ गरी गत असार ८ गते रोल्पा लगेको थियो । विश्वकर्मालाई जिल्ला प्रशासन कार्यालयमार्फत सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तरगतको मुद्धा चलाइएको थियो।

इश्वरी पाण्डे


गत साउन ३ गते जिल्ला प्रशासन कार्यालयले ५० हजार रुपैया धरौटी तोकेकोमा धरौटी तिर्न नसक्दा सोही दिन जिल्ला कारागार रोल्पा चलान गरिएको थियो । प्रहरीको समन्वयमा आईतवार विश्वकर्माले धरौटी रकम तिरि प्रेश बिज्ञप्ती जारी गर्दै पार्टी समेत परित्याग घोषणा गर्नुभएको हो ।

पार्टी छोड्छु भनेपछि आफन्त र सत्तारुढ नेकपाका कार्यकर्ताले धरौटी तिरेर उनलाई कारागारबाट छुटाएका थिए।

Facebook Comments