• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि भौवाको अध्यक्षमा चौथोपटक झाँक्री




शिवशक्ति मा.वि. भौवानाकामा चौठो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्याम वहादुर झाक्री लाई चयन गरेको छ । मंगलवार विद्यालयमा भएको भेलाले झाँक्रीलाई पुनः अध्यक्ष वनाउने निर्णय सर्वसम्मतीले पारीत गरेको हो ।

राजपुर गाँउपालिकाको ७ नं. वडामा पर्ने उक्त विद्यालयका ज्येष्ठ अभिभावक चन्द्रवहादुर आलेको अध्यक्षता तथा प्रमुख अतिथि राजपुर गाँउपालिकाका कार्यपालिका सदस्य निमकुमारी झाँक्री विशिष्ठ अतिथि राजपुर गाँउपालिका वडा नं.७ का वडा सदस्य लिलाराम वि.क. सहितको उक्त भेलाले सदस्यहरुमा पुर्ण वहादुर झाँक्री, हस्तमाली बुढा, रतन बहादुर सार्की, तिर्सना घर्ती, दुजी घर्ती, निमकुमारी झाँक्री वडा प्रतिनीधी शेर वहादुर बुढा शिक्षक प्रतिनीधी र सदस्य सचिवमा लिलाधर वि.क. लाई चयन गरेको छ भने सल्लाहकारमा संस्थापक प्रधानाध्यापक कालुराम वि.क. लाई चयन गरेको छ ।

त्यस्तै आमन्त्रित सदस्यहरुमा प्रेमलाल बुढा, पिंङमाली झाँक्री, सुरेन्द्र घर्ती,नोखीराम परियार, शेर बहादुर सार्की, प्रेम बहादुर घर्ती, मनमाली वि.क. र कृष्ण वहादुर बुढा रहनुभएको छ । भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ ।

जसको अध्यक्षमा मंगल खड्का सदस्यकहरु चन्द्र बहादुर वि.क., सिता नेपाली, मनसरा पुन, सरस्वती घर्ती, प्रजित पुन, विर बहादुर सार्की, ईश्वार के.सी. शिक्षक प्रतिनिधी शेर वहादुर बुढा र सदस्य सचिवमा लिलाधर वि.क.लाई चयन गरेको छ ।

समिति चयन पछि नव निर्वाचित समितिलाई वधाई दिदै कार्यक्रमका प्रमुख अतिथि निमकुमारी झाँक्रीले विद्यालय लाई अझ पुर्वाधार निर्माण संगै अन्य विद्यालयकको विकासमा ध्यान दिन अनुरोध गर्नुभयो । त्यस्तै नव निर्वाचित अध्यक्षले विगत तिन कार्यकाल वारे प्रकाश पार्दै आगामी कार्यकालमा विद्यालयको भौतिक पुर्वाधारको विकास संगै विद्यालयको समग्र विकासको लागि कटिवद्ध भएर लाग्ने प्रतिवद्धता गर्नभएको छ ।

विद्यालयको प्रधानाध्यपक लिलाधर वि.क.को स्वागत मनतव्य वाट शरुभएको उक्त कार्यक्रको संचालन विद्यालयका शिक्षक दामोदर रेग्मीले गर्नुभएको थियो ।

Facebook Comments