नमस्कार भन्र्दै, ग्राहकको स्वागत गर्थे । उनिहरुको न्यानो सत्कारले मायालु भाव जगाईदिन्थ्यो । मिजासीलो र सिष्ट बोलिले के खानुहुन्छ भनेर सोध्थे, खाउँ खाउँ लाग्ने बनाउथे ।
५९ औँ वार्षिक उत्सव उद्घाटन संगै अवलोकनको लागि घोराही १४ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शक्तिराम डाँगि प्रमुख अतिथि प्रदेशसभा सदस्य दामा शर्माको टोलि स्टल तर्फ लाग्यो ।
प्रत्यक स्टलका सबै जसो परिकारहरु चाख्ने वातावरण मिलाउँदै अध्यक्ष डाँगि हिड्नुहुन्थ्यो । बेच्ने विद्यार्थीको निर्धक्क, शालिनता र अनुशासनले सिप र क्षमता दुवैको विकास झल्काउँथ्यो ।
स्थानिय नेवारी खानाको एउटा स्टल थियो । त्यहाँ ओमरी, छोयला, सगुन, चुकौनी र राईता, सेल र वारा राखिएको थियो । परिकारहरु रु पाँच देखि ६० रुपैयाँ सम्म शुरु मूल्य पर्दथ्यो । बेच्नेहरुले नेवारी पोषक लगाउनुभएको थियो ।
अर्को स्टलामा थारु जातिको स्थानिय परिकार राखिएको थियो । त्यहाँ ढिक्री, खरीया, बरिया र घोँगी पाईन्थ्यो ।
एउटा स्टलमा बाहुन क्षेत्रका स्थानिय परिकारहरु प्रदर्शन गरीएको थियो । त्यहाँ ढकनी प्रति प्लेट २५ रुपैयाँमा पाईन्थ्यो । कालिरोटी प्रति गोटा १० पर्दथ्यो । फुरौलो पाँचको चारवटा पाईन्थ्यो । तिलको अचार फ्रिमा दिने व्यवस्था गरीएको थियो ।
स्थानिय मगर खानामा कोदाको रोटी, मकैको रोटी, सिस्नो, मकेको खाजा, कोदाको खोञ्चा लगाएत थुप्रै परिकार थिए ।
विहानै देखि भाँडा ल्याउने, पचास पचास रुपैयाँ उठाउने, आगो फुकने, बेच्ने विभिन्न विभाग बनाएर बाँडिएका थिए । सबैले जिम्मेवारी पुरा गरेर पकाए ।
पाठ्यक्रमको पेशा व्यवसाय पुस्तक मा आधारीत रहेर परिकार बनाएको प्रअ श्रेष्ठले राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कक्षा ६ देखि ८ सम्मका विद्यार्थी सहभागि थिए । उनिहरु नाफामा गए ।
सामान्य निर्देशन गर्न मगरमा हेमकुमारी घर्ति, नेवारीमा सावित्री श्रेष्ठ, थारुमार शुसिला चौधरी, ब्रामण क्षेत्रमा राधा केसी, प्रतिमा शर्मा र सिता अधिकारी शिक्षकले सहयोगी भुमिका खेल्नुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।