प्रधानमन्त्री एव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केपी शर्माले गोकर्ण रिसोर्ट भाडामा दिने काम बिधिसम्मत रहेको बताउनुभएको छ ।
प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथ ग्रहण समारोहलाइ सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।
यसअघि हचुवाको भरमा दिने गरिएकोमा यसपटक विधि बनाएर भाडामा दिएको उहाँले बताउनुभयो । यसमा बिरोधीहरुले अस्वाभाविक बिरोध गरेको पनि उहाँले बताउनुभयो ।
पानीजहाज ल्याउन खोज्दासमेत बिरोध गर्ने विपक्षी रहेको भन्दै उहाले पानीमा पनि जहाज चल्छ भन्ने थाहा नहुनु दयनीय अबस्था रहेको व्यङ्ग्य गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देश समृद्धिको दिशामा अघि बढेको भन्दै यो शिखर नभै समाजवादको आधार मात्रै भएको बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।