दाङ देउखुरी जिल्ला अदालतले जिल्लाको राजपुरबाट पक्राउ परेका विप्लव नेकपाका २१ जना केन्द्रीय सदस्यहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले उहाँहरुलाई १५÷१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
नेताहरु चन्द्रबहादुर थापा, केशबहादुर बाँठालगायत २१ जना राजपुरको मगराइनाबाट पक्राउ परेका थिए ।
अदालतले आदेश दिए पनि पुनः पक्राउ गर्ने संभावना देखिएपछि नेकपाका नेताहरु धरौटी नबुझाएर कारागार चलान भएका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।