घोराही मुर्कुटी सडक खण्डको बचेनीमा भएको बस दुर्घटनामा परि निधन भएका सहचालक होताराम पुनमगर हिक्मतको परिवारलाई वस व्यवसायी समिति, कर्मचारी र बसका स्टापहरुले आर्थिक सहयोग गरेका छन् ।
घोराहीबाट रातापानी जाने क्रममा भएको दुर्घटनामा बसका सहचालक हिक्मत सहित अन्य एक जना यात्रुको पनि निधन भएको थियो ।
त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालीको तर्फबाट २५ हजार रुपैयाँको चेक र अन्य बस व्यवसायी, कर्मचारी र बस स्टापहरुले ६४ हजार ५ सय ४४ रुपैयाँ हिक्मतका बुवा अमरबहादुर पुनमगरलाई हस्तान्तरण गरेको रुट इन्चार्ज हिमाल महराले जानकारी दिनुभयो ।
घोराही मुर्कुटी, रामपुर, होलेरी चल्ने बसका धनी, स्टाप र जलजला यातायात प्रालीका व्यक्तिहरुले दिवंगत हिक्मतका परिवारलाई उक्त रकम सहयोग गरेको हुन् । बंगलाचुली गाउँपालिका ५ पखरडाँडाका निबासी हिक्मतको यही मंसिर १० गते बस दुर्घटनामा परि १६ गते उपचारको क्रममा निधन भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।