बिराटनगर/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक स्कुलहरु रुग्ण उद्योग जस्ता भएको बताउनुभएको छ । शिक्षालाई उत्पादनमा जोड्न नसक्दा अधिकांश सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तो भएको उहाँले बताउनुभयो ।
उत्पादनमा जोडिए विद्यालययहरुको सवलीकरणको प्रकृया अघि बढ्ने उहाँको भनाई थियो । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो ‘उत्पादनसँग जोडिएका विद्यालयहरु सबल र स्तरीय भएका उदाहरण पनि थप्रै छन् ।’ उहाँले सरकारले अहिले सबै सार्वजनिक स्कुलहरुलाई सवलीकरण गर्ने प्रकृया सुरु गरेको बताउनुभएको छ ।
‘स्कुलको दुईवटा कार्यभार हुन्छ । एउटा शिक्षात्मक कार्यभार अर्को स्कुल विकाससंग गासिनुपर्छ ।’ जुन बिद्यालय शिक्षात्मक काममा मात्रैं सिमित भए तिनिहरुले धेरैं विकास गर्न सकेनन् मन्त्री पोखरेलले भन्नुभयो ः जस्ले विकाससंग जोडे ति स्कुलहरु उदारणिय ढंगले अघि जान सके । नेपालमा साधारण शिक्षा ८० प्रतिसत र प्राविधिक शिक्षा २० प्रतिसत मात्र अध्ययन भईरहेकाले शिक्षाको विकास हुन नसकेको उहाँको जिकिर थियो । शिक्षालाई विकाससंग जोड्नु अपरिहार्य आवश्यकता भएको बताउनुहुँदैं मन्त्री पोखरेलले सम्भ, सक्षम, उत्पादनशिल नागरिक उत्पादन गर्ने शिक्षा अबको आवश्यकता भएको बताउनुभयो ।
सरकारले २० महिनासम्मको समयको अध्ययन, छलफल र परामर्श गरेर राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको मन्त्री पोखरेलले बताउनुभयो । नीति बनाएर कानून बनाउने नयाँ अभ्यासमा गएको भन्दै उहाँले १० वर्षभित्रमा यसको सकारात्मक नतिजा देखिने दावी गर्नुभयो । मन्त्री पोखरेलले नीतिमा सार्र्वजानिक शिक्षाको सवलिकरणलाई जोड दिएको प्रष्ट पार्नुभयो ।
पत्रकार भेटघाटमा मन्त्री पाखरेलले भन्नुभयो : १० बर्ष भित्र अभिभावक र बिद्यार्थिको पहिलो सुचिमा पब्लिक स्कुलहरु आउनुपर्छ । उहाँले शिक्षालाई श्रमसंग, श्रमलाई सिपसंग, सिपलाई उत्पादनसंग र उत्पादनलाई समृद्धीसंग जोड्नुपर्ने धारणा राख्दै सरकारले १० वर्षमा शैक्षिक क्षेत्रमा सुधार ल्याइसक्ने दाबी गर्नुभयो ।
मन्त्री पोखरेलले अङ्ग्रेजी भाषाको नाममा नेपाली भाषालाई कमजोर बनाउन नहुने तर्क गर्दै देशभरमा सरकारले पाँच हजार शिक्षक भर्ना गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । दरबन्दी मिलानको काम सकिएको जानकारी दिनुहुँदैं दरबन्दी नपुगेको ठाँउमा शिक्षण सिकाई अनुदान दिने तयारी रहेको पनि उहाँले बताउनुभयो ।
मन्त्री पोखरेलले सबै नागरिकलाई सीप सिकाउने तवरले कार्यक्रम ल्याउन लागेको चर्चा गर्दै शिक्षकले आफ्नो सक्षमताको विकास गरेर सीपमूलक ज्ञान प्रवाह गर्नुपर्ने बताउनुभयो । सिकाई केन्द्रीत रुपान्तरणको प्रक्रियामा अघि बढ्नुपर्ने मन्त्री पोखरेलको भनाई थियो ।
‘सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधान गर्न तीनै तहका सरकारको भूमिका अग्रणी छ’, मन्त्री पोखरेले भन्नुभयो, ‘दिगो विकासको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको सवलीकरण आवश्यक छ ।’ जनशक्ति प्रक्षेपणको काम सकिएको बताउनुहुदैं मन्त्री पोखरेलले सामाजिक न्यायमा आधरित समृद्धी चाहिएको बताउनुभयो । समृद्धी प्राप्त गर्न शिक्षाले पूर्वाधारको पनि पुर्वाधारकाने काम गर्ने उहाँले बताउनुभयो । क्म्न् द्ध को नेशनल फेमवर्क बनेको बताउनुहुँदैं मन्त्री पोखरेलले सन २०३० सम्म शिक्षामा गर्नुपर्ने कामको राष्ट्रिय खाका बनेको जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।