१० दिन लामाे अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसाे डिस्चार्ज भएका छन् ।
उनी त्रिवि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० मंसिरमा भर्ना भएका थिए ।
सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले विज्ञाप्ति जारी गर्दै प्रधानमन्त्री ओली डिस्चार्ज भएकाे जानकारी गराएका छन् ।
उनी एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमै भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्जपछि उनी प्रधानमन्त्री निवास बालुवाटार फर्केका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।