• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिदस्मृति विद्यालयमा भवन उद्घाटन





प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सहिदका सन्तानको अभिभावक सरकार भएको बताउनुभएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको लगानीमा सहिदस्मृति आवासीय मावि तुलसीपुर १७ वनकट्टीमा बनेको चार कोठे भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज विश्वकर्माले शिक्षालाई श्रम र जीवनसँग जोड्नुपर्नेमा जोड दिंदै प्राविधिक शिक्षाका लागि नगरले सहयोग गर्ने नीति बनाएको बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्माले अभावैअभावको बीचबाट गुज्रदै आएको विद्यालयलाई अझै सहयोगको खाँचो रहेको बताउनुभयो । आन्दोलनको नासोका रुपमा रहेका सहिदका सन्तानलाई शिक्षा दिनु राज्यको प्रमुख दायित्व बन्नुपर्ने औल्याउँदै उहाँले भौतिक र शैक्षिक विकासमा सहयोग आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र ओली र प्रेस संगठनका केन्द्रीय सदस्य नरेन्द्र केसीले पनि बोल्नुभएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका सदस्य रत्नबहादुर ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन प्रअ नारायण पौडेलले गर्नुभएको थियो ।

Facebook Comments