• ८ मंसिर २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनमोर्चा दाङले संगठन सुदृढीकरण अभियान चलाउने, सडक र स्वास्थ्य सेवाका समस्यामा सरकारको ध्यानाकर्षण




घोराही । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले आगामी मंसिर १५ गतेदेखि पुस मसान्तसम्म जिल्लाभर पहिलो चरणको संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला अध्यक्ष गणेशप्रसाद आचार्यको अध्यक्षतामा शनिबार घोराहीमा बसेको बैठकले राजनीतिक अन्योलता र भ्रमविरुद्ध विचार, सुशासन र रूपान्तरणको लक्ष्यसहित ‘संगठनात्मक पुनर्गठन तथा राजनीतिक पुनर्ताजगी’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियानअन्तर्गत पार्टी सदस्यता वितरण तथा नवीकरण, स्थानीय संगठन गठन तथा पुनर्गठन, प्रशिक्षण, छलफल र अन्तरक्रियालगायतका गतिविधि सञ्चालन गरिनेछ । आवश्यकताअनुसार स्थानीय तहले जिल्ला समितिको समन्वयमा पालिका सम्मेलनसमेत गर्न सक्ने बैठकले जनाएको छ ।
बैठकले जिल्लाका विभिन्न सार्वजनिक सरोकारका विषयमा समेत सरकारको ध्यानाकर्षण गराएको छ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणमा भइरहेको ढिलासुस्ती, घोराही–मुरकट्टी सडकको दुरावस्था, सडक क्षेत्रका नागरिकले भोग्नुपरेको सास्ती, हुलाकी राजमार्ग निर्माणमा भइरहेको ढिलाइ तथा स्वास्थ्य बीमा गरेका बिरामीले अस्पतालमा उपचारका क्रममा झेल्नुपरेको झन्झटिलो प्रक्रियाप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

त्यस्तै, एमसीसीअन्तर्गत धानखोला–लमही सडक खण्डको भालुबाङ–लमही क्षेत्रमा दुई लेन सडक निर्माण भइरहेको विषयमा पनि बैठकले ध्यानाकर्षण जनाएको छ । घना बस्ती तथा प्रदेश राजधानीसमेत रहेको उक्त क्षेत्रलाई चारलेन सडकका रूपमा निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै सडक विस्तारमा देखिएका अवरोध हटाउन माग गरिएको छ ।

बैठकले उल्लेखित समस्या तत्काल समाधान गर्न सरकार तथा सम्बन्धित सरोकारवाला निकायलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको राष्ट्रिय जनमोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments