• ४ मंसिर २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सातौँ बंगालाचुली कप खेलकुद प्रतियोगिता हुँदै, भलिबल र क्रिकेटमा प्रतिस्पर्धा हुने




कमिरेचौर । दाङको बंगालाचुली गाउँपालिकामा सातौँ बंगालाचुली कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रमअनुसार आयोजना हुन लागेको प्रतियोगितामा पुरुष तथा महिला भलिबल र पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको हो ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार प्रतियोगिता आगामी मंसिर ८ र ९ गते सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन मंसिर ८ गते बिहान १० बजे गरिनेछ ।

प्रतियोगिता बंगालाचुली गाउँपालिका–४ स्थित गडिलेख खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाका प्रत्येक वडाबाट सम्बन्धित खेल विधामा एक–एक टिम सहभागी हुन पाउनेछन् । प्रतियोगिता गाउँपालिकाभित्रका वडाहरूबीच प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गरिनेछ ।

प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भलिबलतर्फ प्रथम हुने टिमले २६ हजार, द्वितीय हुनेले १६ हजार र तृतीय हुनेले ९ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी पुरुष क्रिकेटतर्फ विजेता टिमले ३० हजार र उपविजेता टिमले १८ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले मंसिर ७ गते दिउँसो १ बजेसम्म गाउँपालिकाको कार्यालयमा नाम दर्ता गराउनुपर्नेछ । सोही दिन दिउँसो २ बजे टाइसिट निर्माण गरिने सूचनामा उल्लेख छ ।

टिम दर्ताका लागि खेलाडीहरूको नामसहित सम्बन्धित वडाको सिफारिस र वडाका नागरिक खुल्ने कागजात पेस गर्नुपर्नेछ । सहभागी खेलाडी सम्बन्धित वडाकै नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ । साथै, प्रत्येक वडाबाट प्रत्येक विधामा एउटा टिम मात्र सहभागी हुन पाउनेछ ।

प्रतियोगितामार्फत स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा वडाबीच आपसी सद्भाव र प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकास गर्ने अपेक्षा गरिएको छ ।
थप जानकारीका लागि खेल व्यवस्थापन संयोजक शोभाराज विश्वकर्मा तथा सदस्यहरू डाँसबहादुर डाँगी र ओमप्रकाश केसीलाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments