• २२ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते




दाङ। दाङको घोराही उपमहानगरपालिका–१२ स्थित साजखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।शुक्रबार साँझ घोराही उपमहानगरपालिका–१२ स्थित साजखर्कमा जिप अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा घोराही–१२ निवासी ४० वर्षीय सेरमान घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा जिप चालक ३७ वर्षीय थमन घर्ती मगरसहित १३ वर्षीय उमेश बुढा, ६ वर्षीय विकास बुढा, २८ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय मानबहादुर बुढा र तुलसीपुर उपमहानगरपालिका–१३ निवासी ९ वर्षीय अनमोल पुन घाइते भएका छन्।

घाइतेहरूको अवस्था र दुर्घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments