• २१ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पहल थिएटरले सामाजिक विषयवस्तुमा आधारित सिरिज निर्माण गर्ने, निर्देशनमा मुनाल घिमिरे अनुबन्धित




दाङ । कला, साहित्य, संस्कृति तथा रंगमञ्चको विकास र प्रवर्द्धनमा सक्रिय पहल थिएटर सामुदायिक कलाघरले सामाजिक विषयवस्तुमा आधारित टेलिभिजन सिरिज निर्माण गर्ने भएको छ । राष्ट्रिय च्यानलबाट प्रसारण गर्ने तयारीसहित निर्माण गर्न लागिएको सिरिजको निर्देशनका लागि चलचित्रकर्मी मुनाल घिमिरे अनुबन्धित भएका छन् ।

पहल थिएटरका अध्यक्ष केएल बुढाथोकीका अनुसार सिरिज निर्देशनका लागि घिमिरेसँग सम्झौता भइसकेको छ । सिरिजमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको अभिनय रहनेछ । कलाकार छनोटका लागि छिट्टै अडिसन आह्वान गर्ने तयारीसमेत गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

सिरिजमा समाजका समसामयिक सवाल, सामाजिक विकृति र विसङ्गति, मानवीय संवेदना, सामाजिक रूपान्तरण तथा जनजीवनका विविध पक्षलाई कथावस्तु बनाइने पहल थिएटरले जनाएको छ । मनोरञ्जनसँगै सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सिरिजमा समाजका विद्यमान समस्या, संघर्ष, सम्भावना र सकारात्मक परिवर्तनका पक्षलाई कलात्मक ढङ्गले प्रस्तुत गरिनेछ ।

चलचित्र तथा दृश्य माध्यममा विशेष ज्ञान र अनुभव हासिल गरेका घिमिरे निर्देशनमा अनुबन्धित भएपछि सिरिजको प्रस्तुति, कथावाचन र प्राविधिक पक्षलाई गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ ।
स्थानीय कलाकारको प्रतिभा र क्षमतालाई राष्ट्रियस्तरमा पहिचान दिलाउनुका साथै सामाजिक विषयवस्तुलाई प्रभावकारी रूपमा आमदर्शकमाझ पुर्‍याउने उद्देश्यले सिरिज निर्माण गर्न लागिएको थिएटरले जनाएको छ ।

Facebook Comments