• १९ कार्तिक २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कविता: एक्लो बृहस्पति र मर्माहत सरस्वती




सफलराम शुक्ल

बच्चा बिग्रे दोष सबै गुरुलाई,
कतिन्जेल थोपर्ने दोष सधैँ अरूलाई ?
गृहकार्य नगरे पनि दोषी उनै गुरु,
कक्षाभित्र नपढे पनि प्रश्न उतै सुरु ।

कम नम्बर आए पनि गुरुमाथि प्रश्न,
कुनै क्षण छैन उनलाई चैनसँग बस्न ।
अनुशासन हराए पनि दोष उनैलाई,
बारम्बार प्रश्न किन खारिएको सुनलाई ?

दोषी नजर, दोषी दर्शन, हामी सबैको पीडा,
गुरुबिन कहाँ चल्छ र समाजको बेडा ?
प्रश्न गरौँ आफैँलाई, चिनौँ आफैँलाई,
मनको मैलो सफा गर्दा हल्का हुन्छ सबैलाई ।

गुरु त अहिले बनेका छन् एक्ला बृहस्पति,
नयनमा आँसु राखी हेर्छिन् सरस्वती ।
विचार दिने, ज्योति छर्ने गुरु अलपत्र,
चेतनाको दियो बलोस् चाहना यत्रतत्र ।

-शिक्षक लिटिल एन्जल्स, हात्तीबन

Facebook Comments