काठमाडौं । आज कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन भएको छ।
जाडोयामको समयतालिकाअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्।
यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार नयाँ समयतालिका कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म लागू हुनेछ।
शैक्षिक संस्था र सार्वजनिक निकायबाहेकका अन्य सरकारी कार्यालयमा यो समयतालिका लागू हुने मन्त्रालयले जनाएको छ।
नयाँ समयअनुसार सेवाग्राहीले सरकारी कार्यालयबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म नियमित सेवा लिन सक्नेछन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
