• १६ कार्तिक २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती विकास बचत तथा ऋण सहकारीको २० औँ साधारण सभा सम्पन्न




घोराही, कार्तिक १४ । घोराही उपमहानगरपालिका–१५ स्थित राप्ती विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कुलराज चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नेपाल पत्रकार महासंघ दाङको सभाहलमा शनिबार सम्पन्न अधिवेशनले चौधरीको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बेसरा पाण्डे, सचिवमा यज्ञबहादुर खत्री र कोषाध्यक्षमा तिलक पाण्डे चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा यामबहादुर रैदास, विष्णुबहादुर अधिकारी, कन्हैयालाल चौधरी, गेहेन्द्रराज अधिकारी र सुमित्रा योगी चयन हुनुभएको छ ।

अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजकमा धनिराम न्यौपाने, ऋण उपसमिति संयोजकमा विष्णुबहादुर अधिकारी र शिक्षा संयोजकमा सूर्य बिसीलाई जिम्मेवारी दिएको छ ।

३१६ जना शेयर सदस्य रहेको उक्त सहकारीको कुल पुँजी दुई करोड ८४ लाख ९७ हजार ९०१ रुपैयाँ रहेको छ । साधारण सभाका अवसरमा उत्कृष्ट बचत सदस्यका रूपमा गुरुप्रसाद भट्टराई र उत्कृष्ट ऋण सदस्यका रूपमा कमला अधिकारीलाई सम्मान गरिएको थियो ।

धनिराम न्यौपानेको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि दामोदर पाण्डे हुनुहुन्थ्यो । तिलक पाण्डेको शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नवनिर्वाचित अध्यक्ष कुलराज चौधरीले गर्नुभएको थियो ।

Facebook Comments