• १४ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दोस्रो एचकेसीसी कपको उपाधि सप्तरंगी क्रिकेट क्लबलाई




दाङ । दाङको घोराही उपमहानगरपालिका–१ हर्नकमा आयोजित दोस्रो एचकेसीसी कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरंगी क्रिकेट क्लब बंगलाचुली–४, फाटाले जितेको छ। फाइनलमा स्युजा क्रिकेट क्लबलाई पराजित गर्दै सप्तरंगीले उपाधि हात पारेको हो।

हर्नक काउले क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको स्युजा क्रिकेट क्लबले निर्धारित १० ओभरमा ५४ रन बनाएको थियो। स्युजाका सनम कँवर र दीपक पुनले समान ८–८ रन बनाए। स्युजालाई कम स्कोरमा समेट्ने क्रममा सप्तरंगीका खगेन्द्र पुनले २, दिप्सन जिसीले ३ र गोविन्द परियारले २ विकेट लिए।

५५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको सप्तरंगी क्रिकेट क्लबले दिप्सन जिसीको आक्रामक ब्याटिङको मद्दतमा जित हासिल गर्‍यो। दिप्सनले पाँच छक्काको मद्दतले ३६ रन बनाएपछि सप्तरंगीले उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।

उपाधिसँगै सप्तरंगीले नगद २० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता स्युजाले १५ हजार  रुपैया कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा आयोजक हर्नक काउले क्रिकेट क्लबका खेलाडी क्षितिज खड्का म्यान अफ द सिरिज घोषित भए। त्यस्तै, सप्तरंगीका गोविन्द परियार उत्कृष्ट बलर र दिप्सन जिसी उत्कृष्ट ब्याटर घोषित भए। म्यान अफ द सिरिज, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले जनही नगद ५०० रुपैयाँ प्राप्त गरेको क्लबका अध्यक्ष प्रशान्त खड्काले जानकारी दिए।

विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरिएको प्रतियोगिताको उद्देश्य स्थानीय खेलाडीको विकास गर्ने, प्रतिभावान खेलाडीको पहिचान गर्ने तथा छरिएर रहेका खेलाडीलाई एउटै मैदानमा जोड्ने रहेको आयोजकले जनाएको छ।

Facebook Comments