घोराही। भ्याली जुनियर क्रिकेट एकेडेमीको आयोजनामा सम्पन्न भेट्रान कप दोस्रो संस्करण २०८३ को उपाधि तुलसीपुरले जितेको छ। प्रतियोगितामा नारायणपुर दोस्रो हुँदै उपविजेता बनेको छ। विजेताले खसी र उपविजेताके बोका प्राप्त गरेको थियो ।
दाङ जिल्लाका ६ वटा टोलीको सहभागिता रहेको प्रतियोगिताले पूर्वक्रिकेट खेलाडीहरूलाई पुनः एउटै मैदानमा जोड्दै आपसी मित्रता, एकता, सद्भाव र खेलभावनालाई थप बलियो बनाएको छ।
प्रतियोगिताका अवसरमा दाङ जिल्लाका उत्कृष्ट महिला सिनियर क्रिकेट खेलाडी ऋतु रावल र अनिता चौधरीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ। महिला क्रिकेटको विकासमा उनीहरूले पुर्याएको योगदानको कदर गर्दै खेलाडीहरूको हौसला बढाउने र क्रिकेटप्रतिको समर्पणलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको खेल संयोजक सनम श्रेष्ठले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजक घोराहीस्थित गुगोल ट्रेडर्स रहेको थियो भने प्राविधिक सहयोग दाङ क्रिकेट संघले गरेको थियो।
भ्याली जुनियर क्रिकेट एकेडेमीले पूर्वखेलाडीहरूको योगदानको सम्मान गर्ने, पुराना मित्रताहरूलाई पुनः ताजा बनाउने, खेलाडीहरूबीच आत्मीयता बढाउने तथा जिल्लामा क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको एकेडेमीको अध्यक्ष केशव अधिकालीले बताए ।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक, प्राविधिक सहयोगी संस्था, सहभागी टोली, खेलाडी, सम्मानित खेलाडी, खेलप्रेमी तथा सम्पूर्ण शुभचिन्तकप्रति आयोजकले आभार व्यक्त गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
