• ३० आश्विन २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मेधावी कन्सर्नको पहलमा घोराहीमा पुस्तक मेला सुरु




दाङ। दशैँ–तिहारको अवसर पारेर घोराहीमा पुस्तक मेला–२०८३ सुरु भएको छ। पठन संस्कृतिको प्रवर्द्धनमा सक्रिय मेधावी कन्सर्न घोराहीले पुस्तक मेलाको आयोजना गरेको हो।

मेलाको वरिष्ठ पत्रकार एवं सर्वोदय पुस्तकालय तथा वाचनालय दाङका अध्यक्ष सुशील गौतमले रिबन काटेर उद्घाटन गर्नुभयो। उहाँले वर्तमान समयमा पुस्तक पढ्ने संस्कृति कमजोर हुँदै गएको उल्लेख गर्दै पठन संस्कृतिको विकासका लागि मेधावी कन्सर्नले गरेको पहल प्रशंसनीय रहेको बताउनुभयो।

“दशैँमा हुने फजुल खर्च रोक्दै किताब किन्न र ज्ञानको दायरा बढाउन म सबैमा अनुरोध गर्छु,” गौतमले भन्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, डा. टीकाराम उदासी, सुरेश कुमार पाण्डे, देवेन्द्र रिजाल, कमलमणि देवकोटा, यम रेग्मी, पुरन शर्मा, छाया पौडेललगायतको उपस्थिति थियो।

मेधावी कन्सर्नका सञ्चालक सूर्य बिसीका अनुसार मेलामा करिब एक हजार दुई सय शीर्षकका पुस्तक उपलब्ध छन्। तिहारसम्म सञ्चालन हुने मेलामा पुस्तक खरिदमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

पठन संस्कृतिको विकास गर्ने तथा चाडपर्वको समयमा पुस्तक खरिद गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।

Facebook Comments