• २४ आश्विन २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुरुकुलका ७० विद्यार्थी बन्द शिविरमा, व्यवहारिक सिकाइसँगै संस्कार र आत्मनिर्भरता सिक्दै




घोराही । गुरुकुल एकेडेमीको आयोजनामा कक्षा ६ का विद्यार्थीहरूका लागि बन्द शिविर (क्याम्प) आजदेखि सुरु भएको छ। घोराही उपमहानगरपालिका–७ स्थित शुक्रबारमा रहेको उत्तरबाहिनी गुरुकुलमा आयोजित शिविरमा गुरुकुल एकेडेमीका तीनवटै शाखाका विद्यार्थीहरूको सहभागिता रहेको छ। शिविरमा गुरुकुल एकेडेमी लमहीका १७ जना, तुलसीपुरका १६ जना र घोराहीका ३७ जना गरी कुल ७० जना विद्यार्थी सहभागी भएका छन्। विद्यार्थीहरूसँगै १४ जना शिक्षक–शिक्षिका समेत शिविरमा सहभागी रहेको शिविर प्रमुख शिक्षिका आशा चौधरीले जानकारी दिनुभयो।

विद्यार्थीहरूलाई नियमित कक्षाकोठाभन्दा बाहिर लगेर व्यवहारिक ज्ञान, अनुशासन, आत्मनिर्भरता, नेतृत्व क्षमता, सहकार्य, सामाजिक भावना तथा संस्कार विकास गर्ने उद्देश्यले बन्द शिविर आयोजना गरिएको विद्यालयले जनाएको छ। शिविर अवधिभर विद्यार्थीहरूले विभिन्न सिर्जनात्मक तथा व्यवहारिक गतिविधिमा सहभागी हुनुका साथै समूहगत कार्य, अनुशासन, सरसफाइ, प्रकृतिसँगको नजिकको अनुभव र सामूहिक जीवनशैलीबारे सिक्ने अवसर प्राप्त गर्नेछन्। विद्यालयका अनुसार यस्ता शिविरले विद्यार्थीमा पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर गएर आफैं सिक्ने, समस्या समाधान गर्ने, समूहमा काम गर्ने र जिम्मेवारी वहन गर्ने क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

गुरुकुल एकेडेमीले शिक्षासँगै संस्कार, संस्कृति र व्यवहारिक ज्ञानलाई प्राथमिकता दिँदै विभिन्न समयमा यस्ता गतिविधि सञ्चालन गर्दै आएको छ। यसै क्रममा कक्षा ६ का विद्यार्थीहरूका लागि आयोजना गरिएको यस बन्द शिविरलाई पनि विद्यार्थीको सर्वाङ्गीण विकाससँग जोडिएको महत्वपूर्ण शैक्षिक कार्यक्रमका रूपमा लिइएको गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीले बताउनुभयो ।तीनवटै शाखाका विद्यार्थीहरू एउटै स्थानमा भेला भएर सामूहिक रूपमा सिक्ने र अनुभव साट्ने अवसरसमेत पाउने भएकाले शिविरले विद्यार्थीबीचको आपसी सम्बन्ध, मित्रता र सहकार्यको भावना अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments