• ५ आश्विन २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँ गाउँमा १६ दिने अभियान





रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले समानताको पुस्ता : बलात्कार बिरुद्धको ऐक्यवद्धता भन्ने मुल नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरेको छ सानीभेरी गाउँपालिका तथा महिला बालबालिका शाखाको आयोजनामा सोमबार दिउसो सिम्ली बजारमा र्यालीले परिक्रमा गरेर गाउँपालिका कार्यालयमा पुगेर कोणसभा गरी र्यालीको उद्घाटन गरिकएको हो ।

गाउँपालिका भित्रका कर्मचारी, शिक्षक, बिद्यार्थी, महिलाको हकअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रमुख एवं प्रतिनिधि र विभिन्न महिला समूहको सहभागितामा र्याली निकारलिएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै सानीभेरी गाउँपालिका अध्यक्ष नरबहदुर पुनले लैंगिक हिंसा न्युनिकरणका लागि गाउँपालिकाले प्रत्येक वडामा विभिन्न कार्यक्रम गरेर मंसिर २५ गते सम्म मनाईने बताउनु भयो । दिवसको अवसरमा गाउँपालिकाको प्रत्येक वडामा पुगी विभिन्न सचेतनामुलक कार्यक्रम गरी अभियान सम्पन्न गरिने सहायक महिला विकास निरिक्षक लिला शर्माले बताउनु भयो

Facebook Comments