दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै प्रजातान्त्रिक उद्यमी संघको चुनाव प्रचारप्रसार समितिका संयोजक तेजबहादुर पौडेल (विश्व)ले प्रजातान्त्रिक उद्यमी संघका उम्मेदवारहरूलाई मतदान गरी विजयी बनाउन व्यवसायीहरूलाई अपिल गरेका छन्।
पौडेलले व्यवसायीहरूको हकहित, व्यवसायिक एकता, लोकतान्त्रिक मूल्य–मान्यता तथा जिल्लाको आर्थिक र औद्योगिक विकासका लागि प्रजातान्त्रिक उद्यमी संघको प्यानललाई मतदान गर्न आग्रह गरेका हुन्।
उनले योग्य, सक्षम, इमानदार र व्यवसायीका समस्या बुझ्ने उम्मेदवारहरूलाई जिताउनुपर्ने भन्दै व्यवसायीको सुख–दुःखमा साथ दिने नेतृत्व आवश्यक रहेको बताए।
“हामी व्यवसायीहरूको हकहित, एकता र भाइचारालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धताका साथ निर्वाचनमा आएका छौँ। व्यवसायीका समस्या समाधान गर्न निरन्तर आवाज उठाउने र जिल्लाको आर्थिक विकासमा योगदान गर्ने हाम्रो उद्देश्य हो। त्यसैले यही असोज २४ गते हुने निर्वाचनमा प्रजातान्त्रिक उद्यमी संघका सम्पूर्ण उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराइदिन सम्पूर्ण व्यवसायी साथीहरूमा हार्दिक अपिल गर्दछु,” पौडेलले भने।
उनले ‘प्रजातन्त्र, व्यवसायिक हकहित र स्थानीय विकास हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आफ्नो प्यानल चुनावी मैदानमा रहेको बताए।

प्रजातान्त्रिक उद्यमी संघबाट अध्यक्ष पदमा नरेश कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा भरत प्रसाद रेग्मी, उद्योग उपाध्यक्षमा मनबहादुर बुढाथोकी, वाणिज्य उपाध्यक्षमा मानु के.सी., महासचिवमा माधव खनाल, सचिवमा सुरज बुढाथोकी उम्मेदवार रहेका छन्।
त्यस्तै, कोषाध्यक्षमा दीपक पण्डित, सह–कोषाध्यक्षमा पुष्कर राज न्यौपाने, महिला सदस्यमा सुलोचना गौतम, वस्तुगत सदस्यमा निमबहादुर बुढाथोकी तथा सदस्यहरूमा शुभाष न्यौपाने, हुकुम पोखरेल, ओमकान्त रेग्मी, मुक्तीराम खनाल, दिवाकर पाण्डे, थानेश्वर बुढा, केशव डी.सी. र बदरुद्दीन राई उम्मेदवार रहेका छन्।
दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन यही असोज २४ गते शनिबार हुँदैछ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
