घोराही । दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा होमिएको स्वतन्त्र युवा व्यवसायीको टिमले आज प्रतिवद्धता पत्र सार्वजनिक गर्ने भएको छ ।
स्वतन्त्र युवा व्यवसायीयक टिमका तर्फबाट अध्यक्षका उमेदवार अनिल आचार्यलले टिमले मंगलबार प्रतिवद्धता पत्र सार्वजनिक गर्न थालेको जानकारी गराउनुभयो । उहाँका अनुसार दिउँसो १ बजे नेपाल पत्रकार महासंघ दाङको सभाकक्षमा पत्रकार सम्मेलन गरेर प्रतिवद्धता पत्र सार्वजनिक गरिनेछ ।
दाङ जिल्ला उद्योग बाणिज्य संघमा नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा स्वतन्त्र युवा व्यावसायिक प्यानलका तर्फबाट पाँच जना निर्वाचको मैदानमा हुनुुहुन्छ । जसको अध्यक्षमा अनिल आचार्य, बरिष्ठ उपाध्यक्षमा राप्ती पोष्ट दैनिकका प्रकाशक÷सम्पादक शरद अधिकारी, सचिवमा गणेश पाण्डेय, सह कोषाध्यक्षमा ललित बेल्बासे र सदस्यमा तिलकबहादुर वली हुनुहुन्छ ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा होमिएको स्वतन्त्र युवा व्यवसायी टिमले ‘समृद्ध दाङ, सशक्त व्यवसायी ः सबल र गतिशील उद्योग वाणिज्य संघ’ भन्ने नारा सहित प्रतिवद्धता पत्र सार्वजनिक गर्न थालेको अध्यक्षका उमेदवार आचार्यले जानकारी दिनुभयो । उहाँले प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा सहभागिताका लागि जिल्लाका सम्पूर्ण सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
