हेमराज शर्मा
दाङ। घोराहीस्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा शनिबार घोराहीमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डीसीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, जिल्ला सहकारी संघ दाङको लेखा सुपरीवेक्षण समितिका संयोजक होमलाल भुसाल, जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका सचिव रामकृष्ण आचार्य, संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार बालचन्द्र शर्मा, सल्लाहकार ध्रुवराज पौडेल र सेयर सदस्य नरेन्द्र केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
साधारणसभामा संस्थाका विभिन्न प्रतिवेदन प्रस्तुत गरिएको थियो। सचिव विमल योगीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष नवराज भण्डारीले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक हरिहर आचार्यले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक ईश्वरीप्रसाद आचार्यले ऋण उपसमितिको प्रतिवेदन तथा शिक्षा उपसमितिका संयोजक केशव रिजालले शिक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
साधारणसभाको अवसरमा संस्थामा नियमित बचत गर्ने विष्णुप्रसाद न्यौपाने, समयमै ऋणको साँवा–ब्याज भुक्तानी गर्ने नमा घिमिरे, सेयर सदस्य विस्तारमा योगदान पुर्याउने ईश्वरीप्रसाद आचार्य, बाल बचत कार्यक्रममा उत्कृष्ट सहभागिता जनाउने सिमरन योगी तथा ज्येष्ठ सेयर सदस्य शशिधर अधिकारी र टेकबहादुर रामजाली मगरलाई सम्मान गरिएको थियो।

त्यस्तै, संरक्षित पुँजी फिर्ता कोषबाट सबैभन्दा धेरै रकम प्राप्त गर्ने शालिकराम खनाल, दिनेश गौतम, हरिहर आचार्य, देवराज शर्मा, माधव घिमिरे, केशव रिजाल, श्रीकाल अधिकारी, शिव भण्डारी, कालिका अधिकारी, मानबहादुर बुढा, रवि सिम्खडा, सिर्जना गौतम र किरण रोकालगायतलाई सम्मान गरिएको थियो।
एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सुपर्व वीर सिंह, संस्कार शर्मा, प्रज्वल गौतम, प्रमिता शाह, निरज वली, लोकेन्द्र प्रज्वल शर्मा, निकाश पाण्डेय, आयुषजोन गैरे, पिन्सा अधिकारी, प्रिन्स भण्डारी, निक्की चौधरी, विशेष कुमार श्रेष्ठ, सन्देश पौडेल र श्रीया गौतमलाई पनि सम्मान गरिएको थियो।
संस्थाको स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्ने ईश्वरीप्रसाद आचार्य, श्रीकान्त अधिकारी, शालिकराम खनाल, बालचन्द्र शर्मा, ध्रुवराज पौडेल, सन्तोषकुमार रेग्मी, विमल योगी, गिरिराज पोख्रेल, कमल थपलिया, टीकाराम पौडेल, दामोदर पौडेल, तेजबहादुर रावत, निवेस खनाल, चेतनाथ पाण्डेय, सरिता बुढाथोकी, चन्द्रप्रभा पुन मगर, शेखर थापा, तुलसीप्रसाद शर्मा, अशोक बन्जाडे, सन्तोष पौडेल, ज्ञानेश्वर आचार्य, शरद चौधरी, दीपक जिसी, तिलक केसी, गणेश सिरोंगा, गुरूप्रसाद पौडेल, गणेश श्रेष्ठ, पुष्करनाथ पौडेल, सन्दीप घिमिरे, टंकप्रसाद सुवेदी, दीपक आचार्य र अनिस सुवेदीलाई सम्मानपत्र प्रदान गरिएको थियो।
संस्थाका उपाध्यक्ष चन्द्रावती भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विमल योगीले गरेका थिए।
कार्यक्रममा वक्ताहरूले सहकारीको दिगो विकास, सदस्यको आर्थिक सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
