दाङ। अखिल नेपाल महिला संगठन दाङको एकता भेला सम्पन्न भएको छ। अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले १५५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।

भेलाले दिलकुमारी बुढालाई संयोजक तथा पुनम घर्ती र रेमन्ता पुनलाई सहसंयोजक चयन गरेको छ।
भेलामा महिला अधिकार, सामाजिक न्याय तथा संगठन सुदृढीकरणका विषयमा छलफल भएको जनाइएको छ। नवगठित कमिटीले जिल्लामा महिला संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै महिला अधिकार तथा सामाजिक न्यायका सवालमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
भेलाले नवगठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
