दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाको अवधिमा साना तथा ठूला गरी ५ सय ४४ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ ।
प्रतिष्ठानमा उपलब्ध अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकको सेवामार्फत भदौ महिनामा ५ सय ४४ जना बिरामीको विभिन्न प्रकारका शल्यक्रिया सफलतापूर्वक गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक सह–प्राध्यापक डा.सुरेश रसाइलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्त्रीरोग, अर्थोपेडिक, सर्जरी, ईएनटी, युरोलोजी, न्युरो तथा आँखालगायतका विभागबाट बिरामीको शल्यक्रिया गरिएको हो ।
जसअनुसार प्रसुतीतर्फ २ सय १ जना, हाडजोर्नीतर्फ ८४, सर्जरीतर्फ १ सय २ जना, नाक कान घाँटी रोगतर्फ २७ जना, युरोलोजीतर्फ ९२ जना, आँखातर्फ २० जना र न्यूरोतर्फ १४ जना गरी जम्मा ५ सय ४४ जना बिरामीको सफल शल्यक्र्रिया भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
