• १० आश्विन २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सयपत्री बचत तथा ऋण सहकारीको अध्यक्षमा मुमानसिंह खड्का




दाङ । सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, घोराहीको पाँचौँ अधिवेशनबाट मुमानसिंह खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सरस्वती खत्री, सचिवमा सर्वजित वली र कोषाध्यक्षमा तिलकराम पोख्रेल चयन भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा मोहनलाल पाण्डे, दिलमाया चौधरी, यमबहादुर वली, गीता आचार्य र भगवती शर्मा चयन भएका छन्।

अधिवेशनबाट संस्थाको लेखा समितिको संयोजकमा हिमाल न्यौपाने चयन भएका छन् भने लेखा समिति सदस्यमा पार्वता आचार्य र पदम रिजाल चयन भएका छन्।

नयाँ कार्यसमिति चयनसँगै सहकारीको संस्थागत विकास, सदस्यहरूको आर्थिक हित तथा सहकारीको उद्देश्यअनुसार प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।

अधिवेशनमा संस्थाको विगतको गतिविधि, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित अध्यक्ष मुमानसिंह खड्कासहित नयाँ कार्यसमितिले संस्थाका सदस्यहरूको विश्वास र अपेक्षालाई आत्मसात गर्दै सहकारीको प्रगति र सदस्यहरूको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Facebook Comments