दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. २ बाट दलित कोटातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि बंगलाचुलीका तेजबहादुर बि.क.ले उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन र राजनीतिमा सक्रिय बि.क.ले पार्टीभित्रको आफ्नो अनुभव, संगठनात्मक भूमिका र सामाजिक क्षेत्रको योगदानलाई आधार बनाउँदै महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने तयारी गरेका हुन्।
बि.क. यसअघि नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा समेत महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भइसकेका छन्। साबिक काभ्रे गाविसको वडा नम्बर ५ का सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका उनले स्थानीय तहदेखि पार्टी संगठन निर्माणमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।
नेपाल दलित संघको क्षेत्रीय सभापति हुँदै केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका बि.क.ले दलित समुदायको अधिकार, प्रतिनिधित्व र सामाजिक न्यायका सवाललाई पार्टीको मूलधारसँग जोड्दै आएका छन्।
द्वन्द्वकालीन अवस्थाबाट प्रभावित बि.क. राजनीतिसँगै शिक्षा क्षेत्रमा समेत सक्रिय रहेका छन्। उनी पूर्वशिक्षकसमेत हुन्। शिक्षण, सामाजिक गतिविधि र राजनीतिक संगठनको अनुभवलाई सँगसँगै अघि बढाएका बि.क.ले स्थानीय समुदायका समस्या र अपेक्षालाई नजिकबाट बुझेको बताउँदै आएका छन्।
राजनीतिसँगै उनी व्यवसायिक क्षेत्रमा पनि सक्रिय छन्। बि.क. इँटा उद्योग व्यवसायमा आबद्ध सफल व्यवसायीका रूपमा समेत परिचित छन्। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै व्यवसायलाई समेत निरन्तरता दिइरहेका उनले आफ्नो अनुभवलाई समाज र समुदायको हितमा प्रयोग गर्दै आएको बताउने गरेका छन्।
दलित समुदायको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय तहमा बंगलाचुलीको आवाज पुर्याउने उद्देश्यसहित आफू महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेको बि.क.को भनाइ छ। उनले पार्टी संगठनलाई थप मजबुत बनाउँदै दलित, पिछडिएका तथा अवसरबाट वञ्चित समुदायका सवाललाई नीति निर्माणको तहसम्म पुर्याउन आफ्नो भूमिका केन्द्रित गर्ने बताएका छन्।
स्थानीय राजनीतिक अनुभवदेखि नेपाल दलित संघको संगठनात्मक जिम्मेवारी, दुईवटा महाधिवेशनको प्रतिनिधित्व, शिक्षण तथा व्यवसायिक क्षेत्रको अनुभव बोकेका बि.क. यसपटक पनि दलित कोटाबाट महाधिवेशन प्रतिनिधिका रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
