• ९ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ उद्योग वाणिज्य संघको निर्वाचन रोकिएपछि महासचिव उम्मेदवार खनालले मागे क्षमायाचना




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते हुने भनिएको निर्वाचन रोकिएपछि महासचिव पदका उम्मेदवार माधव खनालले सम्पूर्ण उद्योगी–व्यवसायीप्रति क्षमायाचना गर्नुभएको छ।

खनालले एक विज्ञप्तिमार्फत निर्वाचनसम्बन्धी मुद्दा उच्च अदालत तुलसीपुरमा परेको र सम्मानित अदालतले असोज ११ गतेका लागि तोकिएको निर्वाचन रोक्दै असोज १४ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको जानकारी गराउनुभएको हो।

अदालतको आदेशका कारण यसअघि घोषणा गरिएको मितिमा निर्वाचन हुने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभएको छ।
उहाँले निर्वाचनको तयारीमा रहेका सम्पूर्ण उद्योगी–व्यवसायीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आगामी प्रक्रियाबारे आवश्यक जानकारी गराउँदै जाने बताउनुभएको छ।

माधव खनाल दाङ जिल्ला उद्योग वाणिज्य संघको महासचिव पदका उम्मेदवारसमेत हुनुहुन्छ।

Facebook Comments