दाङ । दंगीशरण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, हेकुलीले गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीलाई एक कार्यक्रमका बीच बिदाइ गरेको छ।
सेवा निवृत्त हुनुभएका नेपालीलाई गाउँपालिका अध्यक्ष शम्भु गिरीले दोसल्ला ओढाएर सम्मानसहित बिदाइ गर्नुभएको थियो। बिदाइ कार्यक्रममा नेपालीले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै आगामी दिन सुखमय, स्वस्थ र उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।
गाउँपालिका परिवारले नेपालीको सेवा, सहकार्य र प्रशासनिक भूमिकाको प्रशंसा गर्दै सेवा निवृत्त जीवन सुख, शान्ति र सफलताले भरिपूर्ण रहोस् भन्ने कामना गरेको छ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
