• २८ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यानमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते




दाङ । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

शनिबार बिहान करिब ८ बजे सिंखबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२००१ ज ०००५ नम्बरको बोलेरो गाडी भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको छ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय चालक भुपाल पुन गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही स्थानका २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली पनि घाइते भएका छन्। दुवैको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ।

यसैगरी त्रिवेणी गाउँपालिका–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी पनि दुर्घटनामा घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

घाइते चारै जनालाई त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ।

Facebook Comments