• २६ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पसद्वारा बाढीपीडितका लागि १ लाख ३५ हजारभन्दा बढी सहयोग




घोराही । दाङको घोराही–१४, झिंगौरास्थित अम्बिकेश्वरी क्याम्पसले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ लाख ३५ हजार ८ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको छ।क्याम्पस परिवारबाट संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालले जानकारी दिनुभयो। मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको उक्त रकमले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा केही सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो। विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै क्याम्पसले आगामी दिनमा पनि मानवीय सेवा र सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने उहाँको भनाइ छ।

क्याम्पसले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको क्याम्पस प्रशासनले जनाएको छ।

Facebook Comments