• १५ भाद्र २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बाढीपीडितको पीडामा औषधिको साथ, ३ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग




दाङ । भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीले जनजीवन अस्तव्यस्त बनिरहेका बेला पीडित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल औषधि आयातकर्ता संघले करिब ३ करोड रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ।

संघका अध्यक्ष पवन आचार्यको नेतृत्वमा गएको टोलीले उक्त औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्री निशा मेहतालाई हस्तान्तरण गरेको हो।

बाढीले घर, व्यवसाय, पूर्वाधार र परिवारका सपना बगाएर पीडामा रहेका नागरिकका लागि यो सहयोग केवल औषधि र स्वास्थ्य सामग्री मात्रै नभई विपद्को समयमा मानवता अझै जीवित छ भन्ने भरोसाको सन्देश बनेको छ।

बाढीपछि प्रभावित क्षेत्रमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन सक्ने र तत्काल उपचार तथा औषधिको आवश्यकता पर्ने अवस्थालाई मध्यनजर गर्दै संघले सामाजिक उत्तरदायित्वअन्तर्गत ठूलो परिमाणमा औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाएको छ।

पीडाको समयमा राज्यसँगै निजी क्षेत्र र सामाजिक संघसंस्थाले देखाएको सहकार्यले विपद्मा परेका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ। बाढीले धेरै कुरा खोसे पनि सहयोगी हातहरूले पीडितको मनमा आशा जगाइरहेका छन्।

संघले विपद्मा परेका नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।

Facebook Comments