• ६ भाद्र २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
फोटोग्राफरको हकहित र व्यावसायिक विकासमा जोड, महासंघ लुम्बिनी प्रदेशको दोस्रो बैठक सम्पन्न




दाङ । नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशको दोस्रो बैठक दाङको भालुबाङमा २०८३ भदौ ५ गते सम्पन्न भएको छ। बैठकले प्रदेशमा फोटोग्राफी क्षेत्रको व्यावसायिक विकास, फोटोग्राफरको क्षमता अभिवृद्धि तथा संगठनलाई थप सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राख्दै विभिन्न उपसमिति र कार्यदल गठन गरेको छ।

महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त जोशीको अध्यक्षतामा बसेको बैठकमा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगाल, महासंघका संस्थापक सदस्य दिनेश अर्याललगायत प्रदेश कार्यसमिति तथा विभिन्न जिल्लाका अध्यक्षहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण महासचिव प्रेम बहादुर अर्यालले गर्नु भएको थियो ।

बैठकले महासंघका गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउन बैठक सञ्चालन तथा अनुशासन निर्माण कार्यदल गठन गरेको छ। कार्यदलको संयोजकमा माधव प्रसाद पन्ती तथा सदस्यमा सिदेन्द्र भण्डारी र कर्णबहादुर तिवारी रहेका छन्।

त्यस्तै, फोटोग्राफरहरूको सीप तथा क्षमता अभिवृद्धिका लागि गठन गरिएको तालिम तथा क्षमता विकास उपसमितिको संयोजकमा मोहन महत्तो तथा सदस्यमा सुरज भुसाल र लक्ष्मण न्यौपाने चयन भएका छन्।

महासंघको संगठनलाई प्रदेशका विभिन्न जिल्लासम्म विस्तार गर्ने उद्देश्यले संगठन विस्तार उपसमितिसमेत गठन गरिएको छ। उक्त उपसमितिको संयोजकमा सुजन न्यौपाने तथा सदस्यमा हिमाल महरा र थान प्रसाद डुम्रे रहेका छन्।

यसैगरी, महासंघको आर्थिक व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन आर्थिक उपसमिति गठन गरिएको छ। उपसमितिको संयोजकमा देविराम थारु तथा सदस्यमा कमला घर्ती मगर, केशव प्रसाद रिजाल, यादव पाण्डे, तारा लम्साल, निरज चन्द र श्याम प्रसाद तिमिल्सिना रहेका छन्।

महासंघका गतिविधि, कार्यक्रम तथा निर्णयलाई प्रभावकारी रूपमा सञ्चार गर्ने जिम्मेवारीसहित सूचना तथा प्रचारप्रसार उपसमिति गठन गरिएको छ। यसको संयोजकमा सुजन न्यौपाने तथा सदस्यमा हिमाल महरा र सिदेन्द्र भण्डारी चयन भएका छन्।

बैठकले महासंघलाई आवश्यक सुझाव तथा मार्गदर्शन प्रदान गर्न सल्लाहकार समितिसमेत गठन गरेको छ। सल्लाहकारमा गणेश दंगाल, दिनेश अर्याल, माधव प्रसाद पन्त, रामचन्द्र बेल्बासे, तेजु केसी र भुपालबहादुर पुन रहेका छन्।

बैठकमा फोटोग्राफी पेशालाई थप मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउने, फोटोग्राफरहरूको हकहित संरक्षण गर्ने, सीप तथा प्रविधिमैत्री क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने र प्रदेशभर महासंघको संगठन विस्तार गर्ने विषयमा छलफल भएको थियो।

महासंघले आगामी दिनमा फोटोग्राफी क्षेत्रका समसामयिक समस्या पहिचान गर्दै त्यसको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा फोटोग्राफरहरूको पेशागत क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

Facebook Comments