• ३१ श्रावण २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘दिम कि नदिम’को दबदबा, टिकटकदेखि युट्युबसम्म भूमिका गिरीको चर्चा




दाङ । लोकदोहोरी गायिका भूमिका गिरीको यस वर्षको तीज गीत ‘दिम कि नदिम’ यतिबेला सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ। सार्वजनिक भएको करिब एक महिनामै गीतले युट्युबमा २२ लाख २२ हजारभन्दा बढी भ्युज पाउँदै दर्शकको उल्लेख्य साथ पाएको छ भने टिकटकमा पनि गीतका अडियो र शब्दमा १० लाखभन्दा बढी भिडियो बनेका छन्।

गीतका केही शब्द र टुक्का तीजको माहोलसँगै सामाजिक सञ्जालमा झनै लोकप्रिय बनेका छन्। ‘घुर्मे–घुर्मे कपालै छ, मान्छे झन क्या बबालै छ’ तथा ‘मुखैमा त आहा गर्छन्, पिठ्युँ पछि डाहा गर्छन्’ जस्ता शब्दहरू टिकटक प्रयोगकर्ताको रोजाइमा परेका छन्।

भूमिका गिरी र ऋषि खड्काको स्वर रहेको गीतमा ऋषि खड्काकै शब्द तथा संगीत छ। मौलिक तीजको स्वादलाई कायम राख्दै आधुनिक पुस्ताको रुचिअनुसार तयार गरिएको गीतको लय, शब्द र संगीतले श्रोता–दर्शकको ध्यान तान्न सफल भएको देखिन्छ।

भूमिका गिरीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा जुना विश्वकर्मा र डोना थापा मगरको अभिनय रहेको छ। प्रशान्त मगरको कोरियोग्राफी तथा विनोद भण्डारीको निर्देशनले भिडियोको प्रस्तुतिलाई थप आकर्षक बनाएको छ।

तीज पर्व नजिकिँदै गर्दा ‘दिम कि नदिम’ को चर्चा टिकटकमा मात्रै सीमित छैन। फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालमा समेत गीतका अडियो र भिडियो सामग्री निरन्तर फैलिरहेका छन्। मौलिक लोकलयसँग आधुनिक प्रस्तुतिको मिश्रणले गीतलाई यस वर्षको चर्चित तीज गीतको सूचीमा उभ्याएको छ।

एक दशकभन्दा लामो समयदेखि नेपाली लोकसंगीतमा सक्रिय भूमिका गिरीका ‘उजेली जुनेली’, ‘देउरालीमा’, ‘चोली मैलै भो’, ‘तिउन मिठो बनायो चुकैले’, ‘गोरखपुरको सलाई’, ‘सरर आउ माया’ र ‘तारासँगै जून’ लगायतका गीतसमेत चर्चित छन्।

यस वर्ष भने ‘दिम कि नदिम’मार्फत भूमिका गिरीले तीजको सांगीतिक माहोलमा आफ्नो छुट्टै उपस्थिति थप बलियो बनाएकी छन्।

Facebook Comments