• २७ श्रावण २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपा बंगलाचुलीको सरसफाइ अभियान




दाङ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बंगलाचुली गाउँपालिकाले बंगलाचुली गाउँपालिका–१ मा रहेको धार्मिक तथा सांस्कृतिक महत्वको बागेश्वरी दुर्गा कालिका देवी भगवती मन्दिर परिसरमा सरसफाइ गरेको छ।

युवाहरूको सामाजिक उत्तरदायित्व र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। मन्दिर तथा धार्मिक सम्पदालाई स्वच्छ र सफा राख्नु सबैको साझा दायित्व रहेको रास्वपा बंगलाचुली गाउँपालिका सभापति विक्रम डाँगीले बताए।

उनले युवाहरूलाई सामाजिक कार्यमा सक्रिय बनाउँदै स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

रास्वपा बंगलाचुली गाउँपालिका सभापति विक्रम डाँगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य विष्णु गौतमको प्रमुख आतिथ्यता तथा दाङ जिल्ला सचिव असिम भुषालको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रमको सहजीकरण गाउँपालिका उपसभापति नव क्षेत्रीले गरेका थिए। कार्यक्रममा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

Facebook Comments