नेपाल कम्युनिष्ट पार्टी नेकपा थवाङले थवाङमा आयोजना गरेको ५ नं. प्रदेशका मुख्यमन्त्री तथा कानुन मन्त्रीसँग अन्र्तक्रया कार्यक्रमको लागी थवाङ आएको अवसर गाउँपालिकाकाले मुख्यमन्त्रीलाई थवाङ गाउँपालिकाको कार्यलयमा गाउँपालिका अध्यक्ष सहितको टोलीले स्वागत गरेको छ ।
गाउँपालिकाको कार्यलयमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका भित्र रहेका समस्याहरुको बारेमा गाउँपालिकाका अध्यक्ष विर वहादुर घर्तिमगरले मुख्यमन्त्री समक्ष राख्नु भएको थियो ।
गाउँपालिकामा रहेका विभिन्न मौलिक सम्पदा,एतिहासिक पृष्ठभुमी,थवाङको रहनसहन, शिक्षाको अवस्था,स्वास्थ्य अवस्था,भौतिक तथा सडकको अवस्था,समाजिक रहनसहन एवम पर्यटकिय क्षेत्रको बारेमा समेत गा.पा. अध्यक्षले संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य सुजिता शांक्य, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर के सी सोनाम, रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुन सिजल, नेकपा प्रदेश कमिटीका सदस्य कुमार दसौदी, जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती , जिल्ला सचिव हरि प्रसाद घर्ती लगायत मुख्यमन्त्री समक्ष राख्नु भएको थियो ।
गाउँपालिकाको विकासको लागी गाउँपालिकाको तर्फबाट अध्यक्षले विभिन्न शिर्षकमा बजेट माग पत्र मुख्यमन्त्रिलाई हस्तान्तरण गर्नु भएको हो । माग पत्र हस्तान्तरण गरे लगैत नेपाल कम्युनिष्ट पार्टी नेकपा थवाङले थवाङमा आयोजनमा गरेको ५ नं. प्रदेशका मुख्यमन्त्री तथा कानुन मन्त्रीसँग अन्र्तक्रया कार्यक्रमलाई सम्वोधन गर्दै समग्र थवाङ गाउँपालिकाको बारेमा आफ्नो भनाई राख्नु भएको थियो । मुख्यमन्त्री पोख्रेलले थवाङलाई समृद्धिसँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।