• २४ श्रावण २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनसांस्कृतिक महासङ्घ नेपाल लुम्बिनी प्रदेशको एकता सम्मेलन




दाङ: जनसांस्कृतिक महासङ्घ नेपाल, लुम्बिनी प्रदेशको एकता सम्मेलन तथा प्रथम सांस्कृतिक सहिद मस्तबहादुर बिष्ट सम्मान कार्यक्रम देउखुरीमा सम्पन्न भएको छ। सम्मेलनले कविराज पौडेलको संयोजकत्वमा ३१ सदस्यीय नयाँ लुम्बिनी प्रदेश समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

कार्यक्रममा प्रथम सांस्कृतिक सहिद मस्तबहादुर विष्टको बलिदान र योगदानको स्मरण गर्दै उहाँकी जीवनसङ्गिनी मनकुमारी बुढा विष्ट ‘मञ्जु’ लाई दोसल्ला र सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको थियो।

नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्यसंयोजन समिति सदस्य तथा महासङ्घका केन्द्रीय इन्चार्ज चीरन पुनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सहसंयोजक प्रकाश अधिकारी र जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय समितिका संयोजक भीम कुमाखी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी महासङ्घका केन्द्रीय कार्यालय समिति सदस्यद्वय प्रगति महरा र मोहित श्रेष्ठको समेत अतिथि रूपमा उपस्थिति रहेको थियो।

सम्मेलनमा बोल्ने वक्ताहरूले जनसंस्कृतिको संरक्षण, प्रवर्द्धन र प्रगतिशील सांस्कृतिक आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित प्रदेश समितिले आगामी दिनमा वैचारिक तथा सांस्कृतिक रूपान्तरणका क्षेत्रमा थप प्रभावकारी भूमिका खेल्ने आयोजकले जनाएको छ।

Facebook Comments