घोराही । रेडिमेड तथा फेन्सी व्यवसायी समितिले शनिबार घोराहीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेका छन्।
समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ध्रुव गहतराजको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा ‘घोराही बनाउँ अभियान’का संयोजक सविन प्रियासन विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

समितिका हरिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रक्तदान गर्ने सहभागीलाई प्रमाणपत्रलगायतको व्यवस्था गरिएको थियो।
कार्यक्रमको सहजीकरण समितिका सचिव सञ्जीव श्रेष्ठले गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

