• २३ श्रावण २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यानमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु




दाङ । सल्यानमा साथीहरूसँग शिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार राति शिकार खेल्न गएका कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरको गोली लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी दीपक पातलीका अनुसार शिकार खेल्ने क्रममा फायर गरिएको भरुवा बन्दुकको गोली लागेर पुनको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार उनीहरू शुक्रबार बेलुका करिब ८ बजे शिकार खेल्न गएका थिए। घटनाबारे भने प्रहरीलाई राति करिब १० बजे जानकारी प्राप्त भएको थियो।

घटनापछि प्रहरीले शिकार खेल्न गएका छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, सोही ठाउँका ४३ वर्षीय जुद्धबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी र कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीसमगर रहेका छन्।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको डिएसपी पातलीले जानकारी दिनुभयो।

Facebook Comments