• २२ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने १२ सवारी नियन्त्रणमा




दाङ। दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन १४ गतेदेखि साउन २१ ग्तेसम्म ११ वटा ट्र्याक्टर र एउटा टिप्पर गरी १२ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा ढुंगा, बालुवा र गिट्टी ओसारपसारमा संलग्न सवारीसाधन नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ । ती सवारीसाधनका सम्बन्धित व्यक्तिबाट चार लाख ३० हजार रुपैयाँ जरिवाना समेत असुल गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Facebook Comments