• १९ श्रावण २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा ८ थान अवैध भरुवा बन्दुक बरामद




मधुसूदन गिरि

कमिरेचौर। पछिल्लो समय दाङका विभिन्न जंगल तथा सामुदायिक वनबाट अवैध भरुवा बन्दुक बरामद हुने क्रम बढ्दो छ। विशेषगरी बंगलाचुली गाउँपालिका क्षेत्रका सामुदायिक वनहरूबाट यस्ता हतियार फेला पर्ने घटना दोहोरिन थालेका छन्।

यसै क्रममा इलाका प्रहरी कार्यालय कमिरेचौरको प्रहरी टोलीले दाङको बंगलाचुली गाउँपालिका–६ स्थित लालिगुराँस सामुदायिक वन क्षेत्रबाट ८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरी सहायक निरीक्षक अनबहादुर पुनको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा बुधबार वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा ती बन्दुकहरू फेला पारी बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद गरिएका बन्दुकहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रहरी नियन्त्रणमा राखिएको छ। ती बन्दुक कसले, किन र कुन उद्देश्यले जंगलमा लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments