७७ औं जिल्लाको रुपमा स्थापित रुकुमपूर्वमा केही समय सुस्ताएको राजनीतिक गतिबिधिले पुनः तीब्रता पाएको छ ।
माओवादी जनयुद्धको आधार इकाला रुकुमपूर्वमा पार्टी एकतापछि ठूला कार्यक्रम हुन सकेका थिएनन् । जिल्ला सदरमुकाम विवादका कारण रुकुमकोट र बाहिरको मनोविज्ञान देखिएपछि रुकुमपूर्वमा पार्टी एकताको काम सक्न पनि धेरै समय लागेको थियो ।
अब भने जिल्लामा नेकपाले ठूलाठूला कार्यक्रम गर्न थालेको छ । पुथाउत्तरगंगाको मैकोट र तकसेरामा जनसभा गरेको भोलिपल्ट नेकपा रुकुमपूर्वले रुकुमकोटमा बिशाल जनसभा गरेको छ ।
जनसभालाई सम्वोधन गर्न स्थायी समिति सदस्य एवं प्रदेश इञ्चार्ज शंकर पोख्रेल रुकुमकोट पुग्नुभएको छ । उहाँ पार्टी एकतापछि पहिलोपटक रुकुमपूर्व पुग्नुभएको हो । उहाँ मुख्यमन्त्री बनेयता पनि पहिलोपटक पुग्नुभएको हो ।
उहाँसँगै नेकपाका केन्द्रीय नेताहरु गणेशमान पुन, कमला रोका, खेममान खड्का, तेजबहादुर ओली, दलजीत श्रीपालीलगायतका नेताहरुले सभालाई सम्बोधन गरेका छन् ।
इञ्चार्ज पोख्रेलले रुकुमपूर्वका आधा दर्जन कार्यक्रमलाई सम्वोधन गरिसक्नुभएको छ भने अन्तिम कार्यक्रम भोलि भूमे गाउँपालिकामा राखिएको छ । भूमेपछि उहाँ एतिहासिकस्थल महतको युद्ध फिचर अवलोकन गर्दै थवाङ छिर्नुहुनेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।