• ९ श्रावण २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
फोरके एरिनाद्वारा आयोजित क्रिक्सल प्रतियोगिता सुरु, क्रिकेट विकासमा टेवा पुग्ने विश्वास




घोराही। दाङको घोराहीस्थित फोरके एरिनाद्वारा आयोजित दुईदिने क्रिक्सल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन एक विशेष समारोहबीच सम्पन्न भएको हो।

फोरके एरिनाका प्रबन्ध निर्देशक विपिन बुढाथोकीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैयाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मजगैयाँले क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले ४के एरिना जस्ता निजी क्षेत्रका पहलले व्यवसायिक विकाससँगै दाङका क्रिकेटप्रेमी तथा प्रतिभावान खेलाडीको क्षमता अभिवृद्धिमा समेत उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले खेलकुदको समग्र विकासका लागि राज्यले आवश्यक पूर्वाधार निर्माण र स्तरीय खेल मैदानको व्यवस्थापनमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। पर्याप्त पूर्वाधार निर्माण भए स्थानीय खेलाडीले सहज रूपमा अभ्यास तथा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने उहाँको भनाइ थियो।

पछिल्लो समय केही युवाहरू कुलततर्फ आकर्षित भइरहेका बेला यस्ता प्रतियोगिता र खेल गतिविधिले युवालाई खेलकुदप्रति आकर्षित गर्दै सकारात्मक मार्गमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो। साथै, प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै क्रिकेटको विकासका लागि सरकारी, निजी तथा सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय एम्पायर सन्देश केसी, सुरेन्द्र बिष्टखगेन्द्र नेपाली, फोरके एरिनाका सञ्चालक मनोज केसी, दिपेन्द्र ओली तथा पत्रकार हिमाल महराको आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन विकास खड्काले गर्नुभएको थियो।

प्रतियोगिता श्रावण ९ र १० गतेसम्म फोरके एरिनाको आफ्नै होम ग्राउन्डमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले रु. ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु. १५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागिताका लागि रु. ३ हजार दर्ता शुल्क निर्धारण गरिएको आयोजकले जनाए ।

Facebook Comments